(१) कार्यालय प्रमुखले आÇनो कार्यालयमा रहेको अनुसूची ६ बाहेक अन्य अनुसूचीहरूमा लेखिएका कागजातहरू सोही अनुसूचीहरूमा लेखिएको अवधि नाघेपछि धुल्याउन आदेश दिनुपर्छ ।
(२) यी नियमहरूको अनुसूचीहरूमा उल्लेख भएका बाहेक अन्य कागजातहरूको सम्बन्धमा कार्यालय प्रमुखले हेरी नेपाल सरकारको कुनै हानी–नोक्सानी नहुनेदेखि धुल्याउन उचित ठह¥याइएका जति कागजातहरू काम तामेल भई सकेपछि जुनसुकै बखत धुल्याउन आदेश दिन सक्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कार्यालयमा रहेको अनुसूचीमा लेखिएको वा नलेखिएको कुनै कागजात इतिहास, कला, संस्कृति, सुरक्षा वा अन्य कुनै दृष्टिकोणले धुल्याउन मुनासिव नपर्ने भन्ने कार्या प्रमुखलाई लागेमा निजले सो कागजात धुल्याउन आदेश नदिन सक्नेछ । त्यस्तो कागजातहरूमध्ये गोप्य कागजात बाहेक अरू कुनै कागजात अभिलेखालयमा राख्न उपयुक्त देखेमा सोही बमोजिम सो कागजात अभिलेखालयमा राख्न कार्यालय प्रमुखले आदेश दिन सक्नेछ ।